हप्तामा हुने कामलाई दिनमा र दिनमा हुने कामलाई घण्टामा गरेर भएपनि जनताको जीवन रक्षा गर्न निर्देशन : प्रधानमन्त्री ओली — OSNepal

हप्तामा हुने कामलाई दिनमा र दिनमा हुने कामलाई घण्टामा गरेर भएपनि जनताको जीवन रक्षा गर्न निर्देशन : प्रधानमन्त्री ओली

LC (KTM) May 16, 2021 0

काठमाडौँ २ जेठ । आज बसेको कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिडको संक्रमणबाट नागरिकको ज्यान बचाउन जे जे गर्नुपर्छ त्यो सबै गर्न निर्देशन दिएका छन् ।

ओलीले बैठकमा मातहतका मन्त्री, निकाय र अधिकारीहरुलाई पैसाको अभावमा कसैको ज्यान नजाओस् भन्दै निर्देशन समेत दिएका छन् । प्रधानमन्त्री ओलीले हप्तामा हुने कामलाई दिनमा र दिनमा हुने कामलाई घण्टामा गरेर भएपनि जनताको जीवन रक्षा गर्न निर्देशन दिएका हुन् ।

‘प्रक्रियामा अल्झिएर या आर्थिक स्रोतको अभावले कुनै पनि नागरिकको ज्यान नजाओस् । प्रक्रिया छुट्टाएर हप्तामा हुने कामलाई दिनमा र दिनमा गर्नेलाई घण्टामा गरेर भएपनि तत्काल नागरिकको जीवन रक्षाका लागि जे–जे गर्नुपर्छ गर्नुस्,’ ओलीको भनाइ उद्धृत गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर