नेपाललाई भेटि सिधै पेरिसडाँडा पुगेका प्रचण्डले सरकारमा सहभागी हुने मन्त्री टुंगो लगाउँदै — OSNepal

नेपाललाई भेटि सिधै पेरिसडाँडा पुगेका प्रचण्डले सरकारमा सहभागी हुने मन्त्री टुंगो लगाउँदै

LC (KTM) August 01, 2021 0

काठमाडौँ १७ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई भेटी पार्टी कार्यालय पुगेका छन् ।

नेपालको निवासमै पुगेका अध्यक्ष प्रचण्डले भेटमा एमालेको पार्टी एकता र मन्त्रिपरिषद्को विषयमा छलफल गरेको जनाइएको छ ।

आज ११ बजेपछि बस्ने भनिएको माओवादीको स्थायी कमिटिको अब केहि बेरमा बस्ने भएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाईने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर