मधेश प्रदेशका पत्रकारको स्वास्थ्य तथा दुर्घटना बीमा गरिने — OSNepal

मधेश प्रदेशका पत्रकारको स्वास्थ्य तथा दुर्घटना बीमा गरिने

LC (KTM) June 26, 2024 0

जनकपुर – मधेश प्रदेश सरकारले प्रदेशका क्रियाशील पत्रकारको स्वास्थ्य तथा दुर्घटना बीमा गर्ने भएको छ ।

प्रदेश सरकारअन्तर्गतको आमसञ्चार प्राधिकरणद्वारा आफ्ना गतिविधि सार्वजनिकीकरण गर्न मंगलबार यहाँ आयोजित कार्यक्रममा अध्यक्ष श्यामसुन्दर यादवले मधेस प्रदेशमा क्रियाशील एक हजार पत्रकारको रु एक लाखको स्वास्थ्य बीमा तथा रु सात लाखको दुर्घटना बीमा गर्ने तयारी गरेको जानकारी दिनुभयो ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि पेस गरेको बजेटमा उल्लेख भएअनुसार खोज पत्रकारितासम्बन्धी प्रशिक्षणका साथै सूचना बैंकको निर्माण गरेर सञ्चालन गर्ने अध्यक्ष यादवले जानकारी दिनुभयो ।

मधेस प्रदेश गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव वीरेन्द्रकुमार यादवले आमसञ्चार प्राधिकरणलाई सुदृढ गर्न कानुनी व्यवस्था सुधार गर्न जरुरी रहेको बताउनुभयो । उहाँले त्यसका लागि मन्त्रालयले पहल गर्ने बताउनुभयो ।

चालु आवमा आमसञ्चार प्राधिकरणले प्रदेशका विभिन्न पत्रपत्रिका, टेलिभिजन, एफएम रेडियो गरी दुई सय ४२ संस्थालाई लोक कल्याणकारी विज्ञापनबापत रु ४५ लाख ६९ हजार रकम सम्बन्धित सञ्चार संस्थाको खातामा पठाउने प्रक्रिया सुरु भएको संस्थाका प्रशासकीय प्रमुख जयकुमार राउतले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर