एनएको नेपाली राष्ट्रिय कन्भेन्सन १५ वर्षपछि सानफ्रान्सिस्कोमा हुँदै — OSNepal

एनएको नेपाली राष्ट्रिय कन्भेन्सन १५ वर्षपछि सानफ्रान्सिस्कोमा हुँदै

admin June 20, 2024 0

क्यालिफोर्निया । Association of Nepalis in the Americas (ANA) नेपाली राष्ट्रिय कन्भेन्सन यस पटक १५ वर्षपछि अमेरिकाको पश्चिमतटमा रहेको सुन्दर शहर सानफ्रान्सिस्कोमा हुने भएको छ । कार्यक्रम १९ जुनदेखि २१ जुनसम्म चल्ने आयोजकले जनाएको छ । उक्त सम्मेलन भव्य तथा सभ्य बनाउनका लागि कान्ती अर्याल भण्डारीको नेतृत्वमा १ सय ५ जनाको निर्माण कमिटी बनेको छ ।

यस उत्तरी क्यालिफोर्निया स्थित विभिन्न २५ वटा सामाजिक संघ संस्थाहरुलाई आवद्ध गराई उनीहरुलाई सह-आयोजकका रुपमा राखिएको आयोजक एएनएले जनाएको छ । कार्यधक्रमलदाई सफल पार्नका लागि विभिन्न ९ वटा उप समितीहरु गठन भएका छन् । उक्त कार्यक्रममा विभिन्न समुदायका सांस्कृतिक पहिचान झल्किने सांस्कृतिक झाँकी तथा लोक सांस्कृतिक नृत्य तथा गीतहरु प्रस्तुत गरिनेछ । कार्यक्रममा नेपालदका ख्यातीप्राप्त कलाकारहरु सत्यकला मोक्तान र जुना प्रसाईले आफ्नो प्रस्तुती दिनु हुनेछ ।

साथै युवाहरुको भावनालाई कदर कर्दै फुटबल तथा बास्केटबल प्रतियोगिताको पनि आयोजना गरिएको छ । कार्यक्रममा विभिन्न किसीमका गतिबिधिहरुलाई कभर गर्दै शोभिनियर पनि प्रकाशित गर्ने आयोकजको तयारी रहेको छ । जसमा दाताहरुका विज्ञापन र जानकारी पनि समावेश गरिनेछ । कार्यक्रमलाई सभ्य र भव्य बनाउनका लागि विभिन्न कमिटीमा रहेर धेरै शुभेच्छुक र शुभचिन्तकहरुले सहयोग गर्दै आइरहेको आयोजकले जनाएको छ । स्थानीय तथा राष्ट्रिय मिडियामा पनि हाम्रो कार्यक्रमलाई सफल बनाउन लागेकोमा आयोजकले खुशी व्यक्त गरेको छ । यो कार्यक्रममा सहभागिता जनाउनका लागि अमेरिकाको विभिन्न राज्यमा रहेका करिब २ सय तथा विभिन्न संघ संस्थाबाट करिब ५ सय जनाको सहभागीता रहने आयोकज संस्थाका सल्लाहाकार तथा कार्यक्रमका प्याट्रोन इश्वर कान्त सिटौलाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर