ब्ल्याक होलमा पहिलो पटक देखियो ‘जागरण’ — OSNepal

ब्ल्याक होलमा पहिलो पटक देखियो ‘जागरण’

LC (KTM) June 19, 2024 0

खगोलविद्हरूले पहिलो पटक एउटा महाविशाल ब्ल्याक होल आफ्नो होस्ट आकाशगङ्गाको हृदयलाई प्रज्वलित गर्दै जागेको अवलोकन गर्न सक्षम भएको युरोपेली दक्षिणी वेधशालाले मङ्गलबार बताएको छ । अचानक पहिलेभन्दा उज्यालो हुन थाल्नुअघि कन्या नक्षत्रमा पृथ्वीबाट ३० करोड प्रकाश वर्ष टाढा आकाशगङ्गा सन् २०१९ को अन्त्यसम्म दशकौँदेखि शान्त थियो ।

एउटा महाविशाल ब्ल्याक होल बसेको अनुमान गरिएको उक्त आकाशगङ्गाको केन्द्रले त्यसबेलादेखि विभिन्न प्रकारका किरणहरू उत्सर्जित गरिरहेको छ । “यो व्यवहार अभूतपूर्व हो”, युरोपेली दक्षिणी वेधशालाका खगोलशास्त्री तथा एस्ट्रोनमी एन्ड एस्ट्रोफिजिक्स जर्नलमा नयाँ अध्ययनको पहिलो लेखक पाउला सान्चेज स्याजले भन्नुभयो ।

“यो उज्यालोलाई व्याख्या गर्नका लागि सबैभन्दा ठोस विकल्प भनेको खगोलविद्हरूले वास्तविक समयमा एउटा विशाल ब्ल्याक होलको सक्रियतालाई हेरिरहेका थिए”, अध्ययनकी सह–लेखिका लोरेना हर्नान्डेज गार्सियाले भन्नुभयो । हाम्रो आफ्नै आकाशगङ्गासहित अधिकांश आकाशगङ्गाहरूको केन्द्रमा अतिविशाल ब्ल्याक होल रहेको विश्वास गरिन्छ ।

यी ब्रह्माण्डीय राक्षसहरू परिभाषाद्वारा अदृश्य छन् । यहाँसम्म कि प्रकाश पनि उसको अद्भुत शक्तिको खिचाइबाट बच्न सक्तैन । ब्ल्याक होलको निरीक्षण गर्ने एक मात्र तरिका भनेको उसले कुनै विशाल चिजलाई नष्ट गर्दा उक्त चिजले आफ्नो मृत्युको समयमा प्रकाश छाड्दछ । जस्तो कि एउटा तारा अत्यन्त नजिक टुक्रा टुक्रा भएर बहकिरहेको थियो ।

“यी विशाल राक्षसहरू सामान्यतया सुतिरहेका हुन्छन्”, अध्ययनका सह–लेखक क्लाउडियो रिक्कीले भन्नुभयो, “तर आकाशगङ्गा एसडिएसएस१३३५+०७२८ का लागि हामी विशाल ब्ल्याक होलको जागरणको निरीक्षण गर्न सक्षम थियौँ, यसले अचानक वरपर उपलब्ध ग्यासमा भोजन गर्न थाल्यो र अत्यन्त उज्यालो भयो ।”

यो ब्ल्याक होलको द्रव्यमान सूर्यभन्दा १५ लाख गुणा धेरै रहेको प्रारम्भिक अवलोकनले सङ्केत गरेको छ । यसलाई महाविशाल ब्ल्याक होलका रूपमा वर्गीकृत गर्न पर्याप्त छ । तर वास्तविक हेभिवेट (भारी वजन) हरू सजिलै सूर्यको द्रव्यमानभन्दा एक अर्ब गुणा धेरै भएकाले यो अहिले पनि हलुका स्तरमा छ ।

खगोलविद्हरूको अन्तर्राष्ट्रिय टोलीले ब्ल्याक होलको गतिविधि अस्थायी हो कि भनेर निर्धारण गर्ने आशामा धेरै टेलिस्कोपबाट डेटाको विश्लेषण गरिरहेको छ । सम्भवतः तारा टुक्रा टुक्रा भएका कारणले हो वा के यो लामो समयसम्म सक्रिय रहन्छ भन्नेबारे हो ।

“यो त्यस्तो चिज हो जुन हाम्रो आफ्नै आकाशगङ्गाको महाविशाल ब्ल्याक होलमा एसजिआर ए सँग पनि हुनसक्छ”, हर्नान्डेज गार्सियाले भन्नुभयो । तर सौभाग्यले हाम्रो आफ्नै ब्ल्याक होल गहिरो निन्द्रमा सुतिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर