मधेस प्रदेशको मुख्यन्यायाधिवक्तामा महतो नियुक्त — OSNepal

मधेस प्रदेशको मुख्यन्यायाधिवक्तामा महतो नियुक्त

LC (KTM) June 14, 2024 0

धनुषा- मधेस प्रदेशको मुख्यन्यायाधिवक्ता पदमा अधिवक्ता सुरेन्द्रकुमार महतो नियुक्त हुनुभएको छ । उक्त पदबाट वीरेन्द्रकुमार ठाकुरले दिनुभएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले महतोलाई बुधबार मुख्यन्यायाधिवक्तामा नियुक्त गर्नुभएको हो ।

मुख्यन्यायाधिवक्ता प्रदेश सरकारको प्रमुख कानुनी सल्लाहकार हो । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको सिफारिसमा प्रदेश प्रमुख भण्डारीले मुख्यन्यायधिवक्तामा महतोलाई नियुक्त गर्नुभएको हो ।

नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम सबैला नगरपालिका-६ स्थायी ठेगाना भएका महतोलाई जेठ ३० गते मधेस प्रदेशको मुख्यन्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको जानकारी प्रदेश प्रमुखको कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।यसअघि मुख्यन्यायाधिवक्ताको जिम्मेवारीमा रहनुभएको वीरेन्द्रकुमार ठाकुरले राजीनामा दिनुभएको थियो । सरकार फेरिएपछि ठाकुरले पदबाट राजीनामा दिनुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर