टर्कीमा रोमन कालका मूर्तिहरू फेला — OSNepal

टर्कीमा रोमन कालका मूर्तिहरू फेला

LC (KTM) June 12, 2024 0

टर्कीका पुरातत्वविद्हरूले रोमन कालका करिब छ हजार वर्ष पुरानो ‘ज्युस र एफ्रोडाइट’ का मूर्तिहरू फेला पारेका छन् । टर्कीको एन्टाल्या सहरबाट करिब ४८ किलोमिटर उत्तरपूर्वमा रहेको प्राचीन सहर एस्पेन्डोसमा उत्खननका क्रममा ती मूर्ति फेला परेका हुन् ।

पुरातत्वविद् तथा एस्पेन्डोस पुराताात्विक उत्खनन समूहका उपाध्यक्ष हुसेन तुल्गा गान्डरले फेला परेका मूर्तिहरू करिब ५० सेन्टिमिटर लामो रहेको बताउनुभयो । उहाँका अनुसार तिनीहरू उत्कृष्टरूपमा कोरिएका थिए र निश्चितरूपमा रोमन साम्राज्य युगको प्रारम्भमा बनाइएको थियो ।

उहाँले कागजपत्र, सफाइ र जीर्णोद्धारको काम समाप्त भएपछि मूर्तिहरूलाई एन्टाल्याको सङ्ग्रहालयमा पुर्याइने बताउनुभयो । पुरानो सहरका अन्य क्षेत्रमा पनि उत्खनन र पुरातात्विक उत्खनन जारी रहेको उहाँले बताउनुभयो । यसै वर्ष सबै स्थानमा अन्वेषण पूरा हुने अपेक्षा गरिएको उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर