अनु चौधरी र सुमनको नयाँ गीतमा समिर र ऋचा — OSNepal

अनु चौधरी र सुमनको नयाँ गीतमा समिर र ऋचा

admin June 08, 2024 0

बिगत एक दशक देखि मोडलिङ्ग र अभिनयमा रमाउदै आएका मोडल कलाकार तथा पत्रकार समीर सुवेदी “अब त्यही गरौंला यो मनले जे भन्छ” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएकाे छ। गायक सुमन केशी र अनु चौधरीको आवाजमा अम्बिका गुरुङको शब्द लेखु सहयात्रीको संगीत रहेको छ। म्युजिक एरेन्ज, मिक्सिङ, माष्टरिङ सुमन केशिको रहेको छ । पोस्ट प्रडक्सन सफल मोसनले गरेकाे हाे । सहायक छायांकन र ड्रोन आर डी दुलालले गरेका हुन। सम्पादन रङ्गरोकन तथा पोष्टर बिष्णु खड्काले गरेका छन भने भिडियोको छायांकन र निर्देशन चिलगाडी फिल्मसका सुरेश काफ्लेले गरेका हुन । उक्त भिडियो मंगलबार ४ बजे भाबसगर इन्टरटेमेन्ट युटुव च्यानल मार्फत सार्वजनिक भएको छ।

भिडियोमा समीर सुवेदीलाई ऋचा थापाले साथ दिएकी छिन। भिडियोमा दुबैको गज्जबको अभिनय देख्न सकिन्छ । रंगमंचबाट अभिनय साथै मोड्लिङ्ग सुरुवात गरेका सुबेदीले विभिन्न टेलीसिरियलमा समेत अभिनय गरेका छन। उनले राष्ट्रिय टेलिभिजनबाट प्रसारण हुने हास्य टेलि शृखलामा “चिबे बुढो” पात्रबाट लामो समय अभिनय गरे । हास्य टेली सिरियल “हास्नु हुन्न है” साथै कान्छी बुहारीको लेखन तथा निर्देशन समेत गर्दै आएका समिर पत्रकारिता समेत गर्छन । सडकमा अलपत्र परेका साथै विपन्न परिवारका मानिसलाई सहयाेग गर्दै आएका समिर अहिले चर्चामा छन। यसअघि उनले मेलिना राईको स्वरमा दिपक ओलिको संगीतमा “राम राम तिम्रो कसम” निकै रुचाइएको थियो । सुमन केशिकै रङ्दैन मनमा अभिनय गरेकाे दुई महिनामा फेरि उनको अर्को भिडियो आएको छ । दर्जनौ गितका भिडियोहरुमा अभिनय गरिसकेका समिर पुर्वबाटै संघर्ष गर्दै निकै राम्रो अभिनय गरेर आफुलाई प्रमाणित गरेका छन । अवसर पाए निकै माथी पुग्ने संभावना देखिन्छ । पुरा भिडियो तलको लिंकमा हेर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर