अनु चौधरी र सुमन केशिको नयाँ गीतमा समिर सुबेदी र ऋचा थापाको अभिनय — OSNepal

अनु चौधरी र सुमन केशिको नयाँ गीतमा समिर सुबेदी र ऋचा थापाको अभिनय

LC (KTM) June 06, 2024 0

बिगत एक दशक देखि मोडलिङ्ग र अभिनयमा रमाउदै आएका मोडल कलाकार तथा पत्रकार समीर सुवेदी “अब त्यही गरौंला यो मनले जे भन्छ” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएकाे छ। गायक सुमन केशी र अनु चौधरीको आवाजमा अम्बिका गुरुङको शब्द लेखु सहयात्रीको संगीत रहेको छ। म्युजिक एरेन्ज, मिक्सिङ, माष्टरिङ सुमन केशिको रहेको छ । पोस्ट प्रडक्सन सफल मोसनले गरेकाे हाे ।

सहायक छायांकन र ड्रोन आर डी दुलालले गरेका हुन। सम्पादन रङ्गरोकन तथा पोष्टर बिष्णु खड्काले गरेका छन भने भिडियोको छायांकन र निर्देशन चिलगाडी फिल्मसका सुरेश काफ्लेले गरेका हुन । उक्त भिडियो मंगलबार ४ बजे भाबसगर इन्टरटेमेन्ट युटुव च्यानल मार्फत सार्वजनिक भएको छ।भिडियोमा समीर सुवेदीलाई ऋचा थापाले साथ दिएकी छिन। भिडियोमा दुबैको गज्जबको अभिनय देख्न सकिन्छ ।रंगमंचबाट अभिनय साथै मोड्लिङ्ग सुरुवात गरेका सुबेदीले विभिन्न टेलीसिरियलमा समेत अभिनय गरेका छन।

उनले राष्ट्रिय टेलिभिजनबाट प्रसारण हुने हास्य टेलि शृखलामा “चिबे बुढो” पात्रबाट लामो समय अभिनय गरे । हास्य टेली सिरियल “हास्नु हुन्न है” साथै कान्छी बुहारीको लेखन तथा निर्देशन समेत गर्दै आएका समिर पत्रकारिता समेत गर्छन । सडकमा अलपत्र परेका साथै विपन्न परिवारका मानिसलाई सहयाेग गर्दै आएका समिर अहिले चर्चामा छन। यसअघि उनले मेलिना राईको स्वरमा दिपक ओलिको संगीतमा “राम राम तिम्रो कसम” निकै रुचाइएको थियो ।

सुमन केशिकै रङ्दैन मनमा अभिनय गरेकाे दुई महिनामा फेरि उनको अर्को भिडियो आएको छ । दर्जनौ गितका भिडियोहरुमा अभिनय गरिसकेका समिर पुर्वबाटै संघर्ष गर्दै निकै राम्रो अभिनय गरेर आफुलाई प्रमाणित गरेका छन । अवसर पाए निकै माथी पुग्ने संभावना देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर