सन् २०२४ मा विश्वका वायुसेवा कम्पनीको आम्दानीमा उच्च वृद्धि हुने — OSNepal

सन् २०२४ मा विश्वका वायुसेवा कम्पनीको आम्दानीमा उच्च वृद्धि हुने

LC (KTM) June 03, 2024 0

दुबई, जेठ २१ गते । विश्वका वायुसेवा कम्पनी (एयरलाइन्स) ले सन् २०२४ मा करिब पाँच अर्ब यात्रु बोक्ने अपेक्षा गरेको र यो सङ्ख्या कोभिड–१९ महामारी अघिको उच्च रेकर्डभन्दा पनि बढी भएको अन्तर्राष्ट्रिय हवाई यातायात सङ्घ (आईएटीए) ले सोमबार जनाएको छ ।आईएटीएले यस वर्ष विश्वका वायुसेवा कम्पनीहरूले ३० अर्ब अमेरिकी डलर आम्दानी गर्ने अपेक्षा गरेको छ ।आईएटीएका महानिर्देशक विली वाल्शले दुबईमा उक्त संस्थाको वार्षिक साधारण सभामा भन्नुभयो, “अपेक्षित लाभ ‘हालको गहिरो महामारी घाटा’लाई ध्यानमा राख्दै एक ठुलो उपलब्धि हो ।”

“व्यक्ति र अर्थव्यवस्थाको महत्त्वाकाङ्क्षा र समृद्धिको लागि उड्डयन निःसन्देह पनि महत्त्वपूर्ण छ । एयरलाइन्सको नाफा लाई मजबुत बनाउनु र वित्तीय लचिलोपन बढाउनु महत्त्वपूर्ण छ,” उहाँले भन्नुभयो ।विश्वभरका ३०० भन्दा बढी एयरलाइन्सहरू समावेश रहेको आएटिएले वैश्विक ट्राफिकको ८३ प्रतिशतको लागि लेखाङ्कन गर्दछ । आइएटिएले संयुक्त अरब इमिरेट्सको वित्तीय हब दुबईमा संस्थाको ८० औँ वार्षिक साधारण सभा आयोजित गर्दैछ ।

बलियो आँकडाको बाबजुद, पार्टपुर्जाहरूको अभाव र श्रम र जलवायु परिवर्तनसँग सम्बन्धित चुनौतीहरूको कारण एयरलाइन्सहरूले लागतमा तीव्र वृद्धिको सामना गरिरहेका छन् ।

आइएटीएका अनुसार यो वर्ष उनीहरूको कुल खर्च पनि ९.४ प्रतिशतले बढेर ९३६ अर्ब डलर पुग्ने अनुमान गरिएको छ ।एयरलाइन्स उद्योगको कूल आम्दानी यस वर्ष करिब १० प्रतिशतले बढेर ९९६ अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको आईएटीएले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर