चीनद्वारा बालबालिकाका लागि २१ औषधि बजारमा पठाउन अनुमति — OSNepal

चीनद्वारा बालबालिकाका लागि २१ औषधि बजारमा पठाउन अनुमति

LC (KTM) June 02, 2024 0

बेइजिङ- चीनले बालबालिकाका लागि २१ वटा औषधि बजारमा पठाउन अनुमति दिएको छ ।चीनको नेसनल मेडिकल प्रोडक्ट्स एडमिनिस्ट्रेसनले यस वर्ष बालबालिकाका लागि २१ वटा औषधिको बजार प्रवेशलाई स्वीकृति दिएको घोषणा गरेको हो ।

हालैका वर्षहरूमा प्रशासनले अनुसन्धान र विकास, अनुमोदन र बच्चाहरूको लागि औषधिहरूको उत्पादनको लागि आफ्नो नीतिगत समर्थनलाई बढावा दिएको छ । तथ्याङ्कअनुसार सन् २०१९ देखि प्रशासनले बालबालिकाका लागि २७१ वटा औषधि स्वीकृत गरेको छ । यसले बालबालिकाका लागि औषधिको पुनरावलोकन र अनुमोदनलाई सहजीकरण गर्न र सम्बन्धित बौद्धिक सम्पत्ति अधिकारको संरक्षणलाई तीव्रता दिन अझ बढी प्राथमिकतामूलक नीतिहरू लागू गर्ने प्रतिबद्धता जनाएको छ । रासस/सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर