जिवन यात्रा आरम्भ त छ
तर अन्त कता हो कता,
गति त छ।
पथ कता हो कता,निरन्तर
दौडिरहे छौँ।
सपनाको पछिपछि
सपनाकै भारि बोकेर
अफसोच !
सपनाले नै लखेटिरहेछ
निरन्तर सपनाले नै डसिरहेछ ।
युगयुगान्तर…!!
बसन्तले पालुवा हाल्यो।
रुखले रंग फेर्यो
चराले बच्चा कोरल्यो
बचेरा उडे
बचेरा संगै बैंश पनि उड्यो।
यसरी हरेक मौसम संगै उडिरहेछ।
जिन्दगीपर गुडिरहेको गाडी,
आकाशमा उडिरहेको
जहाज संगै
खोलामा बगिरहेको पानी संगै।
कसैको मलामी गैयो ।
चिता माथि लास जल्यो
लास संगै आफ्नो एउटा दिन जल्यो।
केही रंगहरु थिए
केही उमंगहरु थिए
केही तरंगहरु थिए
– ती सबै सकिए !