सरकारले आगामी आर्थिक वर्षको लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बजेट सार्वजनिक गरेको छ । संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले उक्त आकारको बजेट सार्वजनिक गरेका हुन् । कुल विनियोजित बजेटमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ रहेको छ । पुँजिगततर्फ भने ३ खर्ब ५२ अर्ब ३५ करोड रुपैयाँ छुट्याइएको छ । यस्तै, वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब १८ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
खर्च धान्न श्रोतको व्यवसथापनमा १२ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ राजश्व संकलनको लक्ष्य लिइएको छ । वैदेशिक अनुदानबाट ५२ अर्ब ३३ करोड रुपैयाँ पूर्ति गरिने छ भने २ खर्ब १७ अर्ब ६७ करोड रुपैयाँ बैदेशिक ऋणबाट र अपुग ३ खर्ब ३० अर्ब रुपैयाँ भने आन्तरिक ऋणबाट उठाईने बजेटमा उल्लेख छ ।