लोकप्रिय गायिका अन्जु पन्त र गायक दीपक चौलागाईको सहकार्यमा तयार भयो मन परेको मान्छेको अडियो — OSNepal

लोकप्रिय गायिका अन्जु पन्त र गायक दीपक चौलागाईको सहकार्यमा तयार भयो मन परेको मान्छेको अडियो

admin May 27, 2024 0

काठमाडौँ । लोकप्रिय गायिका अन्जु पन्त र गायक दीपक चौलागाईले मलाई मन परेको मान्छे बोलको गीतको अडियो सार्वजनिक गरेका छन् । पछिल्लो समय भिडियो रिलिज गर्ने परिपाटी चलिरहेको भएता पनि निर्माण यूनिटले आइतबार एक प्रेस मिटको आयोजना गर्दै गायक चौलागाई र गायिका पन्तले गीतको अडियो सार्वजनिक गरेका हुन् ।

केही समयपछि भिडियोको निर्माण गरिने जानकारी दिँदै गायिका पन्तले पत्रकार सम्मेलनमा प्रोफेसर समेत रहेका गायक चौलागाईको गायकीको तारिफ समेत गरेकी थिइन् । अर्को साता कार्यक्रमका लागि दुबई हुँदै अमेरिका जान लागेकी गायिका पन्तको साथ र सहयोगले आँफुमा थप हौसला र उर्जा भरिएको दीपकले बताए ।

जगत तिरुवाको शब्द संगीत रहेको मलाई मन परेको मान्छेको एरेन्ज चर्चित संगीतकार विशाल निरौलाले गरेका हुन् । भिडियो केही समयमा नै छायांकन गरिने गायक चौलागाईले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर