हिमाल श्रेष्ठको नयाँ गीत "हुनलाई पो होकी माया" सार्वजनिक — OSNepal

हिमाल श्रेष्ठको नयाँ गीत “हुनलाई पो होकी माया” सार्वजनिक

Bibek Karki May 17, 2024 0

नेपाली गीत संगीत क्षेत्रमा संधै नयाँ नयाँ केहि गरौँ भन्ने सोच अनुसार काम गर्दै आएका गायक हिमाल श्रेष्ठको नयाँ गीत “हुनलाई पो होकी माया” सार्वजनिक गरिएको छ। सार्वजनिक “हुनलाई पो होकी माया” बोलको गीतमा जंग बिकको शब्द र सन्तोष सुनारको संगीत रहेको छ। हिमाल श्रेष्ठलाई फिमेल स्वरमा समीरा थपलियाले साथ दिएकी छन्।

भिडियोको छायांकन करण चेसिरले गरेका हुन् भने निर्देशन, सम्पादन र कलर टेकेन्द्र शाहको रहेको छ। भिडियोमा विक्रम बुढाथोकी, नग्मा श्रेष्ठ, हिमाल श्रेष्ठ फिचर्ड छन्। भिडियोमा माया प्रेम संगै बास्तविक कथालाई देखाउन खोजिएको छ। भिडियो हिमाल श्रेष्ठको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर