बलिउड जगतमा खलपात्र तथा रियल लाईफका हिरो सोनू सूदको आज जन्म दिन । ३० जुलाई १९७३ मा सोनू सूदको जन्म पञ्जाबको मोगा गाउँमा भएको थियो । शूरुवाती पढाई पछि इन्जिनियरिंगको लागि उनी नागपुर पुगेका थिए । त्यहाँ पुगेपछि उनको मन अभिनय तिर लाग्यो ।
सोनुले मात्रै ५ हजार रुपैया लिएर मुम्बई पुगेका थिए । उनको करियरको सुरुवात तमिल फिल्म कल्लाझागर बाट भएको थियो । उनले बलिउडमा भने शहीद ए आजम बाट प्रबेश पाएका थिए । सोनूले यस फिल्ममा शदीद भगत सिंहको भुमीका निर्बाह गरेका थिए । फिल्ममा सोनू धेरै प्रकारको रोलमा देखिएका थिए ।
उनले कहिले हसाँउने, कहिले मुख्य अभिनेता त कहिले भिलेनको रुपमा आफुलाई उभ्याउन सफल भए । तर उनको भिलेनको रोल धेरैले रुचाए । दबंग, सिम्बा जस्ता फिल्ममा सोनूले भिलेनको रोल प्ले गरेका थिए जस्लाई दर्शकले खुब रुचाएका थिए । तर यी पर्दाका भिलेन असल जिन्दगीको रियल हिरोको रुपमा अहिले देखिएका छन् ।
यो कोरोना महामारीको बेला उनी हरेक निमुखा र असहायको सहारा बनेर निस्किएका छन् । उनलाई अहिले सबै भारतीय जनताले भगवान मानेर पुजी रहेका छन् । उनको आज जन्म दिन भए पनि उनले आमाको निधन पछि आफ्नो जन्म दिन मनाउन छोडेका छन् ।