इजरायल रोजगार खुल्यो , कसरी जाने ? यसो भन्छिन् राजदुत डा शाक्य — OSNepal

इजरायल रोजगार खुल्यो , कसरी जाने ? यसो भन्छिन् राजदुत डा शाक्य

LC (KTM) July 30, 2021 0

काठमाडौं। ईजरायलमा नेपाली सहायक कामदारको रोजगारीका लागि आवेदन खुल्ला गरिएको छ । ईजरायली श्रमबजारमा नेपालीहरुको रोजगारीलाई पुनस् सुचारु गर्ने उदेश्यले गत सेप्टेम्बरमा नेपाल सरकार र ईजरायल सरकार बीच ईजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारी सम्बन्धी सम्झौतामा हस्ताक्षर सम्पन्न भएसँगै अहिले आएर इजरायल रोजगार खुला गरिएको इजरायलका लागि नेपाली राजदूत डा अञ्जान शाक्यले जानकारी दिइन् ।

इजरायलका लागि नेपाली दुतावासले एक विज्ञप्ति जारी गर्दै नेपालबाट महिला र पुरुष गरी एक हजार जना युवा सहायक कामदारको रुपमा इजरायल जान पाउने उल्लेख छ । इजरायल रोजगार राजदूत डा. शाक्यको पहलमा सुरुमा पाँच सय जना नेपाली कामदार इजरायल पठाउने गरी श्रम सम्झौता भएको थियो।

गत वर्षको माघ महिनामा सरकारी संयन्त्र (जीटुजी) मार्फत श्रमिकलाई रोजगारीमा पठाउने गरी नेपालका लागि इजरायली राजदूत हनान गोडेर र वैदेशिक रोजगार विभागका तत्कालिन महानिर्देशक कुमारप्रसाद दाहालले उक्त सम्झौतामा हस्ताक्षर गरेसँगै अहिले आएर सुचारु गर्न लागिएको हो । इजरायल जान चाहानेहरुले आवेदन निकालेको २१ दिनपछि भने भर्ना प्रक्रिया सुरु हुने दुतावासले जनाएको छ ।

दुतावासका अनुसार आवदेन खुलेको दुई महिनाभित्र हजार जना नेपाली युवा इजरायल पुग्ने छन्। राजदूत डा. शाक्यका अनुसार इजरायल जाने युवाहरुले बुढाबुढीहरुलाई राखिएको गेरेटिक सेन्टर, डे केयर सेन्टर तथा अस्पतालहरुमा नर्स अन्तर्गत रहेर काम गर्नुपर्नेछ ।

विश्वव्यापी फैलिएको कोरोनाका वावजुद ईजरायली पक्षसँग सहकार्य गर्दै आवश्यक सम्पूर्ण कार्यविधि तयार पारेर महिलालाई विशेष प्राथमिकता दिँदै १ हजार जनामध्ये ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुषलाई मात्रै लगिने दुतावासले जनाएको छ ।

इजरायल जानका लागि यो प्रकृया जिटुजी मार्फत हुने भएकाले यसमा ईजरायली तथा नेपाली कुनै पनि म्यानपावर संस्था तथा एजेण्टको भूमिका नरहने पनि दुतावासले स्पस्ट पारेको छ । इजरायल रोजगारीको बारेमा यहि साउन १२ गतेको गोरखापत्र दैनिक र विभागको वेवसाइडमा सूचना प्रकाशित गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर