सरकारले अक्सिजन उत्पादन भन्दा पनि खाली सिलिन्डर मगाउन खर्च गरेको थापाको गुनासो — OSNepal

सरकारले अक्सिजन उत्पादन भन्दा पनि खाली सिलिन्डर मगाउन खर्च गरेको थापाको गुनासो

LC (KTM) May 16, 2021 0

काठमाडौं २ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली ले दोस्रो लहरको कोरोना आउँछ भनी पटकपटक विज्ञहरुले दिएको सुझाव वेवस्ता गर्दा यस्तो स्थिति आएको बताएका छन् । आज बिहान एक कार्यक्रम मार्फत नेता थापाले ओली सरकारले पूर्व तयारीमा ध्यान नदिँदा कोरोनाको दोस्रो लहर आउँदा सरकार पुर्ण रुपमा असफल भएको बताएका हुन् ।

भारतमा महामारीको रुपमा  फैलिँदा समेत सरकारले कुनै ध्यान दिएन भन्दै थापाले आफुले लिखित रुपमै तत्कालिन स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेटेर सुझाव दिएको भएपनि त्यस विषयमा कुनै सुनुवाई नभएको गुनासो पोखेका छन् । कोरोना संक्रमितलाई अक्सिजनको आवश्यक पर्ने हुँदा सरकारले अक्सिजन उत्पादन भन्दा पनि खाली सिलिन्डर मगाउन खर्च गरेको उनले कार्यक्रममा बताएका छन् ।

सरकार तत्काल कार्ययोजना बनाउनुपर्ने बताएका थापाले आफुहरु सरकारले ल्याएको कार्यगोजनालाई पछ्याउन तयार भएको समेत बताएका छन् ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर