अवैध रुपमा मदिरा उत्पादन गरी विक्रि वितरण गरेको आरोपमा ठकेलमा बस्दै आएका चिनियाँ नागरिक पक्राउ — OSNepal

अवैध रुपमा मदिरा उत्पादन गरी विक्रि वितरण गरेको आरोपमा ठकेलमा बस्दै आएका चिनियाँ नागरिक पक्राउ

LC (KTM) July 30, 2021 0

काठमाडौँ १५ साउन । अवैध रुपमा मदिरा उत्पादन गर्दै आएका ५६ वर्ष SHI ZHIWEI नाम गरेका चिनीयाँ नागरिक पक्राउ परेका छन् । चीनको JIANGSU ठाउँमा बस्ने नीजले अवैध रुपमा मदिरा उत्पादन गरी विक्रि वितरण गरिरहेको छ भन्ने गोप्य सूचनाका आधारमा आज महानगरीय अपराध महाशाखाको विशेष प्रहरी टोलीले पक्राउ गरेको हो ।

उनले का.जि.का.म.न.पा. वडा नं. २६ ठमेल स्थित छिन्ता लामाको घर भाडामा लिई गत वैशाख १० गते बाट होम स्विट स्मेल होटल एण्ड रेष्टुरेन्ट प्रा.लि. दर्ता गरी अवैध रुपमा मदिरा उत्पादन गरी अनुशन्धानबाट खुल्न आएको छ ।

प्रहरीले लुकाईछिपाई राखेको अवस्थामा अवैध मदिरा उत्पादन गर्ने मेसिन र उक्त मदिरा उत्पादन गर्न प्रयोग हुने कच्चा पद्वार्थ साथै विक्रि वितरणको लागि तयार पारिएको मदिरा आन्तरिक राजस्व कार्यालय महाराजगंज र स्थानिय जनप्रतिनिधिको रोहबरमा बरामद गरेको हो ।

प्रहरीले चार वटा स्टिलको मेसिन , मदिरा जम्मा गर्ने ट्याङ्की , मदिरा तौल गर्ने मेसिन , रातो हरियो रङको ८० लि. को प्लाष्टकक ड्रममा रहेको अवैध मदिरा उत्पादन हुने कच्चा पद्वार्थ ड्रम ११३ थान । बरमत गरेको छ ।

पक्राउ परेका चिनीयाँ नागरिकलाई आवश्यक कानुनी कारवाहीको लागि आज साउन १५ गते आन्तरिक राजस्व कार्यालय महाराजगंज,काठमाण्डौमा बुझाउने प्रक्रियामा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर