अस्ट्रेलियामा २१० औं भानु जयन्ती धुमधामले मनाइदै — OSNepal

अस्ट्रेलियामा २१० औं भानु जयन्ती धुमधामले मनाइदै

LC (KTM) May 11, 2024 0

काठमाडौं – अस्ट्रेलियामा २१० औं भानु जयन्ती धुमधामले मनाइने भएको छ । नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान सिड्नी तथा तनहुँ समाज अस्ट्रेलियाले संयुक्त रुपमा आयोजित यस कार्यक्रम आउँदो जुन १५ मा हुने भएको हो । कार्यक्रम ग्रानभिल रातोघरमा दिउँसो ३ बजेदेखि ७ बजेसम्म हुनेछ ।

कार्यक्रममा नेपालमा बोलिने विभिन्न भाषालाई सम्मान गर्दै विविध भाषमा कबिता पठाउन आग्रह गरिने छ । यस्तै नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठानको परिधि भित्र रहेर नेपाली समाजमा निरन्तर योगदान दिदै आएकाहरुलाई २०२४ को भानु पुरस्कारले सम्मान गरिन्छ । कार्यक्रममा नि:शुल्क सहभागी हुन पाइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर