आज थप ३ हजार ६११ जनामा कोरोना संक्रमण पुष्टि, २७ जनाको मृत्यु — OSNepal

आज थप ३ हजार ६११ जनामा कोरोना संक्रमण पुष्टि, २७ जनाको मृत्यु

LC (KTM) July 30, 2021 0

काठमाडौँ १५ साउन । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै हाल सम्म देशभर कोरोना संक्रमितको कुल संख्या ६ लाख ९३ हजार १०९ पुगेको छ ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी ९ हजार ७८३ पीसीआर परीक्षण गर्दा २ हजार ४६७ जना र ४ हजार ८७८ एन्टिजेन परीक्षण गर्दा १ हजार १४४ गरी ३ हजार ६११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

यसैगरी, पछिल्लो २४ घण्टामा देभभरबाट २७ जना कोरोना संक्रमितको ज्यान गएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा एक हजार ८१६ जना संक्रमित कोरोनामुक्त भएर घर फर्किएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर