उपचार गरी घर फर्किने क्रममा जोशीको सपरिवार चढेको जीप कर्णाली नदीमा खस्यो — OSNepal

उपचार गरी घर फर्किने क्रममा जोशीको सपरिवार चढेको जीप कर्णाली नदीमा खस्यो

LC (KTM) July 30, 2021 0

काठमाडौं १५ साउन । सपरिवार चढेको जीप कर्णाली नदीमा खसेको छ । नेपालगञ्जबाट उपचार गरी फर्किने क्रममा जीप कर्णालीमा खसेको हो ।

प्रहरीका अनुसार आज शुक्रबार दिउँसो मोहन्याल गाउँपालिका–७ स्थित चिसापानी–सोल्टा कच्ची सडकखण्डबाट जीप कर्णाली नदीमा खसेको हो । जीपमा सवार चालक डोटीको आर्दश गाउँपालिकाका प्रकाश जोशी र उनकी श्रीमती रुपी जोशी नदीमा बेपत्ता भएका छन् ।

उनका १३ वर्षीय छोरी लक्ष्मी, ४ वर्षीया सावित्री र ३ वर्षीय छोरा भुवन भने घाइते भएको प्ररहीले जनाएको छ । घाइते मध्ये भुवन र सावित्रीको अवस्थामा भने गम्भिर रहेको प्रहरीले जनाएको छ ।

उक्त नम्बर खुल्न नसेको जीप ब्याक गर्ने क्रममा कर्णालीमा खसेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर