एमसीसीसँगै गरिएका केही गोप्य सम्झौता सदनमा पेश गर्न रावलको माग — OSNepal

एमसीसीसँगै गरिएका केही गोप्य सम्झौता सदनमा पेश गर्न रावलको माग

LC (KTM) July 30, 2021 0

काठमाडौँ १५ । नेकपा एमालेका उपाध्यक्ष एवं प्रतिनिधि सभा सदस्य भीम रावलले अमेरिकी आर्थिक सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई अमेरिकी मन्त्रीहरूबाट एमसीसी हिन्द प्रशान्त रणनीतिको अंग हो भनिरहेको समयमा नेपालका अधिकारीहरूले होइन भन्नु हास्यास्पद भएको बताएका छन् ।

एमसीसीसँग केही गोप्य सम्झौता समेत गरेको बताएका रावलले त्यस्ता गोप्य सम्झौताहरु सदनमा पेश गर्नुपर्ने भन्दै आज बसेको संसद बठकमा माग राखेका छन् । बैठकमा रावलले प्रश्न गर्दै भने, ‘अमेरिकी मन्त्रीहरूले नै एमसीसी हिन्द प्रशान्त रणनीतिको अंग हो भनेर वक्तव्य दिइरहेका छन् ।
अमेरिकी मन्त्री अधिकारिक हुन् कि नेपालका व्यक्तिहरू ?’

एमसीसी संसदबाट अनुमोदन नहुँदै मन्त्रीबाट गरिएको सम्झौताको प्रतिलिपि प्रतिनिधि सभाका सदस्यले अनुमोदन गर्न पाउनु पर्छ भन्ने उनको माग रहेको छ । सांसदबाट राजीनामा दिएपछि पसन फिर्ता लिएका रावलले ‘एमसीसीसँग भएका सम्झौता सदनमा प्रस्तुत गरियोस्, त्यहाँ भएका राष्ट्रिय हित र स्वाभिमानविपरीतका कुरा स्वीकार्य हुँदैन, अनुदान हो भने निःस्वार्थ हुनुपर्छ, एउटा कम्पनीको अधिनमा हाम्रो भूमि कब्जा हुने कुरा स्वीकार्य हुँदैन’, उनले अघि भने, ‘देश विशेषसँग अनुदान लिनु हुँदैन भनेर भनेको छैन, देशलाई सामरिक गठबन्धनमा घिसार्ने काम गर्नु हुँदैन’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर