पुरातात्विक धार्मिक महत्त्वको बहुमुल्य धर्म ग्रन्थ हो भनि ठगी गर्ने दुई जना पक्राउ, तिन जना फरार — OSNepal

पुरातात्विक धार्मिक महत्त्वको बहुमुल्य धर्म ग्रन्थ हो भनि ठगी गर्ने दुई जना पक्राउ, तिन जना फरार

LC (KTM) July 30, 2021 0

काठमाडौं १५ साउन । बौध्द धर्मको प्राचीन पुरातात्विक बहुमुल्य ग्रन्थ हो भनि देखाई, झुक्याई सर्बसाधारणलाई प्रलोभनमा पारि नगद रकम ठगी गर्ने २ जना पक्राउ परेका छ्न ।

पक्राउ पर्नेमा जिल्ला सप्तरी राजविराज न.पा.वडा नं. ३ स्थायी घर भई हाल का.जि.का.म.पा. वडा नं. ३० मैतीदेवी बस्ने वर्ष ४७ को प्रशान्त प्रताप सिंह र जिल्ला दाङ शान्तिनगर गा.पा. वडा नं. ४ अधेरी स्थायी घर भई हाल का.जि.का.म.न.पा. वडा नं.८ मृगस्थली बस्ने वर्ष ६५ को पूर्ण बहादुर मगर रहेका छन् ।

निजहरुले जिल्ला रोल्पा परिवर्तन गा।पा। वडा नं. २ स्थायी घर भई हाल का।जि। ईचंगुनारायण बस्ने वर्ष २८ को भिम बहादुर डाँगी लाई करिब रू/ ४,००,००,०००र( अक्षेरुपी चार करोड रुपैयाँ ) पर्ने पुरातात्त्विक महत्त्वको धार्मिक पुस्तक खरिद गर्न लागेकोमा हाल पैसा नपुगेकोले यो पुस्तक तपाईले विश्वासका लागि बन्धकी स्वरुप राखी केहि रकम दिनुहोस भनी पिडित डाँगीसँग नगद रू। ३,०५,०००र( अक्षेरुपी तीन लाख पाँच हजार रुपैयाँ ), जिल्ला स्याङ्जा वालिङ न।पा वडा नं। ६ स्थाई घर भई हाल का.जि.का.म.न.पा. वडा नं. ७ सरस्वतीनगर बस्ने वर्ष ४२ को बिष्णु प्रसाद अर्यालबाट रू/ १२,००,०००र ( अक्षेरुपी बाह्र लाख रुपैयाँ ) गरी जम्मा नगद रू/ १५,०५,०००र ( अक्षेरुपी पन्ध्र लाख पाँच हजार रुपैयाँ ) लिई झुक्याई ठगी गरेको खुल्न आएको छ ।

निजहरुलाई महाशाखाबाट खटिएको विशेष टोलीले साउन १३ गते का.जि.का.म.न.पा. वडा नं. २२ न्युरोडबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाईएको छ ।

उक्त समुहका अन्य तिनजना भने अझै फरार रहेका छन् । फरार हुनेमा जिल्ला रोल्पा लिवाङ न.पा ९ कुआपातल घर भएका बर्ष ५० को बेगम राना मगर,जि रोल्पा रोल्पा न.पा. ८ जङकोट घर भएका बर्ष ३७ को डम्मर पुन मगर र जि रोल्पा रोल्पा न.पा. ८ जङकोट घर भएका बर्ष ३७को राम चन्द्र राना मगर रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर