आफैले सर्वोच्चमा दायर गरेको रिटको सुनुवाई हुनै लाग्दा पुर्व माओवादीका चार नेताले स्थगित गराए सुनुवाई — OSNepal

आफैले सर्वोच्चमा दायर गरेको रिटको सुनुवाई हुनै लाग्दा पुर्व माओवादीका चार नेताले स्थगित गराए सुनुवाई

LC (KTM) July 30, 2021 0

काठमाडौँ १५ साउन । आफु अनुकुलको न्यायाधिश नपरेको भन्दै पुर्व माओवादीका चार नेताले दायर गरेको रिटको आज हुने भनिएको इजलास सार्ने भएका छन् ।

नेकपाका अध्यक्ष केपी ओलीलाई साथ दिएकै कारण पार्टीको कारवाहीमा परेका पुर्व माओवादीका नेताहरु लेखराज भट्ट र टोपबहादुर रायमाझी, केन्द्रीय सदस्य प्रभु साह र गौरीशंकर चौधरीले सांसद पदमा पुन नियुक्तको माग गर्दै आफुहरु माओवादीकै नेता भएको दावीका साथ सर्वोच्चमा रिट दायर गरेका थिए ।

न्यायाधीश दीपककुमार कार्कीको इजलासमा हिजोलाई पेशी तोकिए पनि आज हुन लागेको सुनुवाई नेताहरुले नै सारेका हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, संघीय संसद् सचिवालय, निर्वाचन आयोगलाई विपक्ष बनाई रिट दायर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर