आफुहरु माओवादीकै नेता भएको दावी गर्दै सर्वोच्चमा परेको रिटको सुनुवाई आज हुँदै — OSNepal

आफुहरु माओवादीकै नेता भएको दावी गर्दै सर्वोच्चमा परेको रिटको सुनुवाई आज हुँदै

LC (KTM) July 30, 2021 0

काठमाडौँ साउन । १५ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सत्ता हुँदा ओलीको बोलीमा लठ्ठ परेका पुर्व माओवादीका यी सांसदहरुले ओलीलाई साथ दिँदा आफ्नो सांसद पद गुमाएका थिए ।

पार्टीको निर्देशन विपरित एमाले प्रवेश गरेकै कारण माओवादी केन्द्को कारवाहीमा सांसद तथा मन्त्री पद गुमाएका थिए ।

ओलीको आशमा बसेका यी ओलीको सत्ता जाने बितित्कै अहिले आफुहरु माओवादीकै नेता भएको भन्दै सर्वोच्च रिट दायर गरेका छन् ।

आफ्नो सांसद पदमा पुन नियुक्त हुन पाउनु पर्ने भन्दै सर्वोच्चमा लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीले रिट दायर गरका हुन् । हिजो सुनुवाई हुने भनिएको रिट हेर्न नभ्याइने सुचीमा राखिएको थियो ।

आज न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासबाट उनीहरुको सुनुवाई हुने भएको छ । उनीहरुले आफुहरु माओवादीकै नेता भएको दावी गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर