'नीजि अस्पतालले संक्रमित विरामीलाई चुसिरहँदा पनि मुकदर्शक भएर बस्ने स्वास्थ्यमन्त्रीलाई पनि कुर्सीमा बसिरहने अधिकार छैन' — OSNepal

‘नीजि अस्पतालले संक्रमित विरामीलाई चुसिरहँदा पनि मुकदर्शक भएर बस्ने स्वास्थ्यमन्त्रीलाई पनि कुर्सीमा बसिरहने अधिकार छैन’

LC (KTM) May 16, 2021 0

काठमाडौँ २ जेठ । नेपाल सरकारका पूर्वसचिव द्वारिकानाथ ढुंगेलले कोभिड(१९विरुद्धको खोप वितरणमा असमान भएको भन्दै आपत्ती जनाएका छन् । पुर्वसचिव ढुंगेलले हिजो संसद भवन नयाँ बानेश्वरमा कोरोना विरुद्धको खोपमा भएको असमानतालाई लिएर आफ्नो अशन्तुष्टि सामाजिक सञ्जाल फेसबुक मार्फत पोखेका हुन् ।

उनले जनता मरिरहँदा पनि अक्सिजन र भेन्टिलेटरको व्यवस्था गर्न नसक्ने तथा नीजि अस्पतालले विरामीलाई चुसिरहँदा पनि मुकदर्शक भएर बस्ने स्वास्थ्यमन्त्रीलाई पनि कुर्सीमा बसिरहने अधिकार नभएको भन्दै तत्काल राजीनामा दिन माग गरेका छन् । त्यस्तै ,संसद् परिसरमा यस्तो अनैतिक, गैरजिम्मेवार र जनताको जीवनसँग खेलबाडको अवस्था सृजना गर्ने सभामुख र संसद्का महासचिव, तिमीहरू पदमा बसिरहन कुनै दृष्टिकोणबाट पनि लायक छैनौ । तुरुन्त राजीनामा गर भनेका छन्

पूर्वसचिव ढुंगेलले लेखेका छन् स्सार्वजनिक सूचना बेगर जेष्ठ १ गते बानेश्वरस्थित संसद् भवनमा ३ बजेसम्म आम जनतालाईसमेत भारतीय खोपको दोस्रो डोज दिइयो । समय सकिएपछि पुगेकालाई २ बजेपछि बिहान १० बजे आउन भनिएछ । सो खबरको आधारमा आज ९ बजे देखिनै बुढाबुढी लगायत सैयौँ व्यक्ति बानेश्वर संसद् भवनको दोस्रो र तेस्रो नम्बरको ढोका मा कहिले १० बज्ला भनेर कुरेर बसेका थिए ।

यो अवस्थामा एकतिर १० बजे आज दोस्रो डोज दिँइदैन, सूचना कुर्नु भनेर प्रहरीले उभिएकालाई धपाउन थाल्यो । अर्कातर्फ संसद्को पास भएका केही कर्मचारी, केही पत्रकार तथा अन्य केही ९ धेरै सम्भावना सांसद थिए०ले आ–आफ्ना मानिसलाई संसद भवन परिसरभित्र लगेर इन्जेक्सन लगाउनको लागि लाइनमा उभ्याइएको बाहिरबाट स्पष्ट देखिन्थ्यो ।

संसद् परिसरमा यस्तो अनैतिक, गैरजिम्मेवार र जनताको जीवनसँग खेलबाडको अवस्था सृजना गर्ने सभामुख र संसद्का महासचिव, तिमीहरू पदमा बसिरहन कुनै दृष्टिकोणबाट पनि लायक छैनौ । तुरुन्त राजीनामा गर । साथै, सदावहाक पटुतामा उत्कृष्ट देखिने तर कोभिडको महामारीका कारण जनता मरिरहँदा पनि अक्सिजन र भेन्टिलेटरको व्यवस्था गर्न नसक्ने तथा नीजि अस्पतालले विरामीलाई चुसिरहँदा पनि मुकदर्शक भएर बस्ने स्वास्थ्यमन्त्रीलाई पनि कुर्सीमा बसिरहने अधिकार छैन । अतः उनको पनि राजीनामा चाहियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर