काठमाडौँ १५ साउन । ललितपुर महानगरपालिकामा आज शुक्रबारदेखि ४५ वर्षमाथिका सबै नागरिकलाई कोरोना भाइरस (कोभिड- १९)विरुद्धको भेरोसेल खोप लगाइँदैछ ।
आजबाट सुरु हुने खोप महानगरभित्रका सबैलाई नागरिकलाई लगाइने गरी आइतबार सम्म सञ्चालनमा आउने भएको छ । खोप लगाउन महानगरपालिकाले सूचना नै जारी हरेक नागरिकले वडा कार्यालयमा सम्पर्क गर्न समेत आग्रह गरिएको छ ।
आइतबारबाट भेरोसेल खोप लगाउने कार्यक्रम सकिएलगत्तै साउन १८ गतेबाट जोनसन एण्ड जोनसन कम्पनीको खोप लगाउने कार्यक्रम समेत रहेको महानगरपालिकाले जनाएको छ ।