दिनप्रतिदिन कोरोना संक्रमण बढ्दै गएपछि आज सिंहदरबारमा सीसीएमसीको बैठक बस्दै — OSNepal

दिनप्रतिदिन कोरोना संक्रमण बढ्दै गएपछि आज सिंहदरबारमा सीसीएमसीको बैठक बस्दै

LC (KTM) July 30, 2021 0

काठमाडौं १५ साउन । आज कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक बस्ने भएको छ ।

पछिल्लो केहि दिन यता कोरोना संक्रमणको संख्या बढ्दै गएकाले आज अपरान्ह ४ बजे सिंहदरबारमा सीसीएमसीको बैठक बस्न लागेको हो । आजको बैठकमा कोरोना संक्रमण बढ्दै गएकाले यसको नियन्त्रणको विषयमा छलफल हुने जनाइएको छ ।

यसको रोकथाम कसरी गर्ने भन्ने विषयमा बैठक केन्द्रित हुने भएको हुने भएको छ । गृहमन्त्री बालकृष्ण खाणले पनि यस अघि नै कोरोना संक्रमणको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवालाई अवगत गराइसकेका छन् । केहि दिन यता बढेको संक्रमणले गर्दा फेरि अस्पताल भरिभराउ हुन थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर