आज यि चार प्रदेशमा भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन आग्रह — OSNepal

आज यि चार प्रदेशमा भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन आग्रह

LC (KTM) July 30, 2021 0

काठमाडौं । आज पनि देशका धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार अहिले देशभर सामान्य बदली छ भने प्रदेश–१, बागमती, गण्डकी र सुदूरपाश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको महाशाले जनाएको छ । महाशाखाका अनुसार श–१, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

हाशाखाले आगामी २४ घण्टाका लागी चेतावनी दिँदै भनेको छ प्रदेश–१, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको हुनाले पहाडी भूभूगामा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर