काठमाडौं उपत्यकामा थपिए ८ सय ६० संक्रमित, देशभर १६ जनाले गुमाए ज्यान — OSNepal

काठमाडौं उपत्यकामा थपिए ८ सय ६० संक्रमित, देशभर १६ जनाले गुमाए ज्यान

LC (KTM) July 29, 2021 0

काठमाडौं- काठमाडौं उपत्यकामा थप ८ सय ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका ५९७ जना, ललितपुरका १५५ जना र भक्तपुरका १०८ जना गरी थप ८ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा मात्रै ५ हजार ९३८, ललितपुरमा १ हजार ३९४ र भक्तपुरमा १ हजार १ सय ९ जना सक्रिय संक्रमित छन्। काठमाडौं उपत्यकामा अहिले आठ हजार ४४१ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर १४ हजार २४२ जनामा गरिएको नमुना परीक्षण ३, हजनर ३६५ जनामा संक्रमण पुष्टि भएको हो । यसैगरी स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३७३ जना संक्रमणमुक्त भएका छन् भने, थप १६ जना संक्रमितको ज्यान गएको छ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ९ हजार ८०७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर