नेपालमा हालसम्म ५४ हजार ४६० जना बालबालिकामा कोरोना संक्रमण पुष्टि भएसँगै ८१ जना बालबालिकाले गुमाए अकालमै ज्यान — OSNepal

नेपालमा हालसम्म ५४ हजार ४६० जना बालबालिकामा कोरोना संक्रमण पुष्टि भएसँगै ८१ जना बालबालिकाले गुमाए अकालमै ज्यान

LC (KTM) July 29, 2021 0

काठमाडौँ १४ साउन । नेपालमा कोभिड १९ कोरोना भाइरसको संक्रमणबाट हिजो साउन १३ गतेसम्म ५४ हजार भन्दा बढी बालबालिका संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. मदन उपाध्यायले दिएको जानकारी अनुसार हाल सम्म नेपालमा मात्र ५४ हजार ४६० जना बालबालिकामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

महाशाखाका प्रमुख पाध्यायले दिएको जानकारी अनुसार पहिलो लहरमा २१ हजार ५२३ जना बालबालिका संक्रमित हुँदा दोस्रो लहरमा ३२ हजार ९३७ बालबालिका संक्रमित भएका छन् । जसमा पहिलो लहरबाट ३८ र दोस्रो लहरमा ४३ जनाको ज्यान गएको छ ।

योसँगै कोरोना सक्रमणबाट ८१ जना बालबालिकाले अकालमै ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर