काठमाडौँ १४ साउन । पुर्व माओवादीका चार नेताहरुले सर्वोच्चमा दायर गरेको रिट हेर्न नभ्याइनेको सुचीमा राखिएको छ ।
एमाले प्रवेश गरेसँगै माओवादी केन्द्रको कारवाहीमा सांसद पद गुमेपछि हिजो झण्डे चार महिना पछि सांसद् पद पुनर्बहालीको माग गर्दै पूर्व माओवादीका चार नेताहरू टोपबहादुर रायमाझी, प्रभु शाह, गौरीशंकर चौधरी र लेखराज भट्ट सर्वोच्च पुगेका हुन् ।
नेता टोपबहादुर रायमाझीले सर्वोच्चमा दायर गरेको रिटमा आफूहरू एमालेमा प्रवेश नगरको र अझै माओवादी नै रहेको उल्लेख गरिएको थियो ।
आज बिहिबार न्यायाधीश दीपककुमार कार्कीको इजलासमा हुने भनिएको सुनुवाई लागूऔषधको मुद्दाको सुनुवाइले गर्दा समय अभाव भएपछि हेर्न नभ्याइने सूचीमा परेको हो ।