झापामा कोरोना संक्रमणको चपेटामा, पछिल्लो २४ घण्टामा ५ जनाको निधन — OSNepal

झापामा कोरोना संक्रमणको चपेटामा, पछिल्लो २४ घण्टामा ५ जनाको निधन

LC (KTM) July 29, 2021 0

झापाका पछिल्लो समय कोरोना संक्रमण तिब्र रुपमा फैलिरहेको छ । दैनिक जसो सयौको संख्यामा संक्रमीतहरु थपिरहेका छन् । झापाको बिर्तामोड, भद्रपुर तथा दमकमा दैनिक संक्रमित हुनेहरुको संख्या बढिरहेको छ ।

यसैक्रममा झापामा पछिल्लो २४ घण्टा यता कोरोना संक्रमणका कारण ५ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा महिलाको संख्या ३ र पुरुषको संख्या २ रहेको छ । झापाको कमज गाउँपलिकामा २, दमक नगरपालिका , बुद्धशान्ति गाउँपालिकामा र भद्रपुर नगरपालिकामा एक एक जनाले ज्यान गुमाएका छन् ।

कमलमा १०१ र ८१ वर्षका बृद्धको ज्यान गएको हो । त्यस्तै दमकमा ६२ बर्षीया महिला , बुद्धशान्तिकी ५९ वर्षीया महिला र भद्रपुरका ७० वर्षीय वृद्धको ज्यान गएको स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चम्लागाईंले जानकारी दिए । छ। झापामा अहिले सम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको कुल संख्या ४४२ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर