काठमाडौंमा १४ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर १४ हजार २४२ जनामा गरिएको नमुना परीक्षण ३, हजनर ३६५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।
यसैगरी स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३७३ जना संक्रमणमुक्त भएका छन् भने, थप १६ जना संक्रमितको ज्यान गएको छ ।
नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ९ हजार ८०७ पुगेको छ ।