काभ्रे साउन १४ । सात लाख १५ हजार ३५ रुपैयाँ नगदसहित प्रहरीले ११ जना जुवाडेलाई पक्राउ गरेको छ ।
विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीको टोलीले मंगलबार साँझ बनेपा नगरपालिका–१४ खालचौरस्थित थोप्चेन तामाङको घरमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुमाथि थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छद ।