फेरि उत्रिए उखु किसान काठमाडौंमा, दिए सरकारलाई भदौ ५ गते सम्मको अल्टिमेटम — OSNepal

फेरि उत्रिए उखु किसान काठमाडौंमा, दिए सरकारलाई भदौ ५ गते सम्मको अल्टिमेटम

LC (KTM) July 29, 2021 0

काठमाडौँ १४ साउन । भुक्तानी नपाएको भन्दै फेरि काठमाडौँमा उखु किसानहरु आन्दोलनमा उत्रिएका छन् ।

उनीहरुले भदौ ५ गते सम्मको समय सिमा दिएका छन् । आज काठमाडौंमा पत्रकार सम्मेलन गरी आफुले दिएको समयमा चिनी मिलबाट पाउनुपर्ने भुक्तानी नपाए आन्दोलन गर्ने घोषणा गरेका छन् । उखु किसान संघर्ष समिति सर्लाही, राष्ट्रिय कृषि श्रमिक संघ र उखु किसानहरुले आज पत्रकार सम्मेलन गरी यस्तो चेतावनी दिएका हुन् ।

उखु किसान संघर्ष समिति र नेपाल सरकार उद्योग मन्त्रालयबीच गत पौष १३ गते पाँचबुँदे सहमति अनुसार २१ दिन भित्र पाउनुपर्ने बाँकी बक्यौता नपाएको उखु किसानको गुनासो रहेको छ । आफुले दिएको सुमय सिमा भित्र उद्योग मन्त्रालयले किसानहरुको भुक्तानी गराउ नसकेको भन्दैको संघर्ष समितिले सरकारको निरीहताको सीमा नाघेको बताएको छ । समितिले सरकार भुक्तानी गराउने दायित्वबाट पञ्छिन लागेको आरोप समेत लगाएको छ ।

६५ करोड रुपैयाँ तुरुत्तै भुक्तानी गराइने भन्दै मन्त्रालय र उखु किसातहरुबीच भएको सम्झौता अनुसार सर्लाहीको अन्नपूर्ण चिनी मिल, महालक्ष्मी सुगर मिल, नवलपरासीको लुम्विनी चिनी कारखाना, इन्दिरा सुगर मिल र रौतहटको श्रीराम सुगर मिललगायतले भुक्तानी नदिएको समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर