बलिउड अभिनेत्री शिल्पा सेट्टीका पति तथा ब्यवसायी राज कुन्द्रा १४ दिनका लागि न्यायिक हिरासतमा गएका छन् । उनको जमानतको याचिका जुलाई २८ मा अदालतले खारेज गरिदिएको छ । उनको गिरफ्तारी पछि कैयौ अभिनेत्री राज कुन्द्राको एप हटशटका बिरुद्ध खुलेर बाहिर आएका छन् ।
यसै सन्दर्भमा बलिउड अभिनेत्री शर्लिन चोपडाले राज कुन्द्रा माथि यौन दुब्र्यवहारको आरोप लगाएकी छिन् । राज कुन्द्राले हटशट एप का लागि अश्ली ल भिडीयो बनाउने गरेका थिए । पोर्नाेग्राफी मामलामा शर्लिनले क्राइम ब्रान्चको प्रपर्टी सेलमा आफ्नो बयान दर्ता गरेकी छिन् । उनले २०२१ अप्रिलमा राज कुन्द्राका बिरुद्ध यौन शोषणको आरोप लगाउँदै एफआइआर दर्ता गराएकी थिइन् ।
उनलाई थाहा नदिइ राज कुन्द्रा यसरी पुगे घर
शर्लिन चोपडाले आफ्नो शिकायतमा खुलासा गरेकी छिन् कि २०१९ को शुरुवातमा राज कुन्द्रा उनको बिजनेस म्यानेजरलाई एक अफरको बारेमा कुरा गर्नका लागि बोलाएका थिए । २७ मार्च २०१९ मा बिजनेस मिटिंग पछि शर्लिनले दाबी गरेकी छिन् कि एक म्यासेजलाई लिएर बहसका लागि भन्दै राज कुन्द्रा उनलाई नभनि उनको घर आएका थिए ।
घरमै जबरजस्तीको प्रयास
शर्लिन चोपडाले आरोप लगाएकी छिन् कि राज कुन्द्रा जब कोठामा पुगे उनले जबरजस्ती किस गर्न खोजेका थिए । उनले यो कुरा इन्कार गरिन् । उनले यो दाबी गरेकी छिन् कि आफ्नो प्लेजरको लागि एक बिबाहित ब्यक्ति संग सम्बन्ध बनाउन चाहादिनन् थिईन् र बिजनेसमा पनि सामेल हुन चाहादिन थिईन् । त्यतिबेला राजले भनेका थिए उनकी पत्नी शिल्पा संग आफ्नो सम्बन्ध एकदमै कम्पिलकेटेड रहेको र उनी घरमा ज्यादा समय तनावमा रहने गरेका थिए ।
यसरी बचिन् शर्लिन
उनले राजलाई अगाडि बढ्न रोक्ने कोशिस गरेकी थिईन् । किनकी शर्लिन एकदमै डराएकी थिइन् । केही समय पछि उनले राजलाई धक्का दिन सफल भईन् । त्यसपछि उनी वासरुम गएकी थिईन् । उनले त्यहा आफुलाई धेरै बेर सम्म थुनेर राखेकी थिईन् ।