संवैधानिक सीमाभित्र महाधिवेशनका सम्पूर्ण प्रक्रिया अघि बढिसक्नुपर्छ, अन्यथा कांग्रेसले वैधानिकता गुमाउने निश्चित छ : शेखर कोइराला — OSNepal

संवैधानिक सीमाभित्र महाधिवेशनका सम्पूर्ण प्रक्रिया अघि बढिसक्नुपर्छ, अन्यथा कांग्रेसले वैधानिकता गुमाउने निश्चित छ : शेखर कोइराला

LC (KTM) July 29, 2021 0

काठमाडौं १४ साउन । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले पार्टीको १४औं महाधिवेशनको प्रक्रिया जारी भएपनि पूर्व निर्धारित कार्यतालिकाको पालना नभएको खुलासा गरेका छन् । अहिलेसम्म क्रियाशील सदस्यको अन्तिम छिनोफानो समेत हुन नसकेको यो अवस्थामा समयसीमा भित्र महाधिवेशन सम्पन्न हुने कुरामा संशय र पार्टीको सम्पुर्ण साथीहरुमा गहिरो चिन्ता छाएको गुनासो समेत पोखेका छन् , नेता कोइरालाले सामाजिक सञ्जाल मार्फत यस्तो गुनासो पोखेका हुन् ।

लोकतान्त्रिक अभ्यासको पाठशाला ठानिने हाम्रो पार्टीले आफ्नो महाधिवेशन समेत समयभित्र सम्पन्न गर्न सकेन भने आउने पुस्ता, समाज र हाम्रा शुभेच्छुकहरुलाई के जवाफ दिने रु कोइरालाले प्रश्न गरेका छन् ।

उनले लेखेका छन्, नेपाली कांग्रेसको चौधौं महाधिवेशनको प्रक्रिया जारी छ। तर पूर्व निर्धारित कार्यतालिकाको पालना भएको छैन। अहिलेसम्म क्रियाशील सदस्यको अन्तिम छिनोफानो समेत हुन सकेको छैन। यसले समयसीमा भित्र महाधिवेशन सम्पन्न हुने कुरामा संशय बढेको छ। र पार्टीको सम्पुर्ण साथीहरुमा गहिरो चिन्ता छाएको छ।

संविधानतः आगामी भाद्र २३ गते पार्टीको वैधानिकता समाप्त हुँदैछ भन्ने हामीलाई हेक्का छ कि छैनरु पार्टी विधानमै नभएको नयाँ अभ्यास जारी छ, अर्थात पदाधिकारी र पूर्व पदाधिकारीहरुको निरन्तर बैठक बस्ने तर महाधिवेशन प्रक्रिया अघि नबढ्ने यो कस्तो चाला हो रु यसको जवाफ कसले दिने रु पार्टीका सबै साथीहरूको चाहना छ, संवैधानिक सीमाभित्र हाम्रो महाधिवेशनका सम्पूर्ण प्रक्रिया अघि बढिसक्नुपर्छ, अन्यथा कांग्रेसले वैधानिकता गुमाउने निश्चित छ।

यसबाट हामी उम्कने बाटो छैन। लोकतान्त्रिक अभ्यासको पाठशाला ठानिने हाम्रो पार्टीले आफ्नो महाधिवेशन समेत समयभित्र सम्पन्न गर्न सकेन भने आउने पुस्ता, समाज र हाम्रा शुभेच्छुकहरुलाई के जवाफ दिने रु तसर्थ पार्टी महाधिवेशनको प्रक्रिया अविलम्ब सुचारू गरियोस भन्ने आग्रह छ।जय नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर