एक पछि अर्को गर्दै एकताको नाममा नेपालले शर्त राखेपछि ज्ञवालीले दिए यस्तो जवाफ — OSNepal

एक पछि अर्को गर्दै एकताको नाममा नेपालले शर्त राखेपछि ज्ञवालीले दिए यस्तो जवाफ

LC (KTM) July 29, 2021 0

काठमाडौं १४ साउन । नेकपा ९एमाले० का सचिव प्रदीप ज्ञवालीले पार्टी एकताको लालि प्रयास भइरहे पनि सकारात्मक दिशातिर जान नसकेको बताएका छन् । आज बिहान एक कार्यक्रममा नेता ज्ञवालीले दुवै पक्षबाट एकताका प्रयास भइरहदा पनि निष्कर्ष भने नस्किएको बताएका हुन् ।

कार्यक्रममा पार्टी एकताको लागि माधव नेपाल पक्ष गम्भिर रहेको प्रश्न उठेपछि नेता ज्ञवालीले अहिले एकता भन्दा पनि विभाजनमा जोड दिने प्रवृत्ति पनि देखिएको बताएका छन् । एमालेको एकतालाई जोगाउँदा मात्रै नेपालको कम्युनिष्ट आन्दोलनलाई जोगाउन सकिन्छ जसले गर्दा मुलुकको लोकतन्त्र र संविधानको रक्षा गर्न सकिने बताएका ज्ञवालीले आफुहरु एकतम हुन्छ भन्ने आशावादी रहेको पनि कार्यक्रममा बताएका छन् ।

त्यसैगरी, माधव नेपाललाई पनि अध्यक्ष बनाउनुपर्ने शर्तको विषयमा उनले भने एकताको लागि २०७५ जेठ को अवस्थामा जानु पर्छ भन्ने अनि त्यति बेला पार्टीमा दुई वटा अध्यक्ष थिए र भनी प्रश्न गरेका छन् । ‘कार्यदलले बडो मेहनत गरेर २०७५ जेठ २ गते फर्काउने निश्कर्ष निकाल्यो । तर, साथीहरु एकपछि अर्को नयाँ नयाँ शर्तहरु तेर्साउँदै हुनुहुन्छ । २०७५ जेठ २ भन्दा अघि दुई वटा अध्यक्ष थिए र ?’ कार्यक्रममा उनले भने ।

दुई वटा अध्यक्षको प्रणाली टोटल्ली फेलियर प्रणाली हा,े जुन अभ्यास गरिसकेको पनि ज्ञवालीले अवगत गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर