नेपालको सुझाव देउवालाई : प्रधानमन्त्री मात्र भएर हुँदोरहेनछ, सहयोगी, सहयोद्धा पनि त्यस्तै काबिल योद्धा छान्न पनि सक्नुपर्छ — OSNepal

नेपालको सुझाव देउवालाई : प्रधानमन्त्री मात्र भएर हुँदोरहेनछ, सहयोगी, सहयोद्धा पनि त्यस्तै काबिल योद्धा छान्न पनि सक्नुपर्छ

LC (KTM) July 29, 2021 0

काठमाडौँ १४ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्री मात्र भएर हुँदोरहेनछ, सहयोगी, सहयोद्धा पनि त्यस्तै काबिल पनि हुनु पर्ने सुझाव दिएका छन् ।

आज बिहिबार विश्व बाघ दिवसको अवसरमा आयोजित एक कार्यक्रममा सहभागी नेता नेपालले देउवालाई यस्तो सुझाव दिएका हुन् । उनले मन्त्रिपरिषद्को विस्तारमा देखिएको ढिलाईलाई मध्यनजर गर्दै देउवालाई प्रधानमन्त्री मात्र होइन काबिल योद्धा चयन गर्न पनि सक्नुपर्ने बताएका हुन् ।

उनले कार्यक्रममा भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यू, प्रधानमन्त्री मात्र भएर हुँदोरहेनछ, सहयोगी, सहयोद्धा पनि त्यस्तै काबिल चाहिन्छ, समर्पित चाहिन्छ र सिर्जनात्मक पनि चाहिन्छ ।’

बाघ दिवसको अवरमा आयोेजित कार्यक्रमा नेपालले आफु प्रधानमन्त्री हुँदा एउटा प्रतिबद्ध टिम भएकाले प्रकृति संरक्षणको क्षेत्रमा गौरव गर्न लायक काम सकेको उदाहरण दिँदै देउवालाई काबिल प्रधानमन्त्री बन्न सुझाव दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर