साउथ स्टार अल्लु अर्जुनको फिल्म पुष्पा लामो समय देखी चर्चामा रहेको छ । अहिलेका दिनमा फिल्म संग जोडीएका कुनै न कुनै जानकारीहरु आईनै रहेका छन् । अब यो खबर पनि बाहिर आएको छ कि अल्लु अर्जुन तथा रश्मिका मंदाना स्टारर फिल्म पुष्पा दुई भागमा रिलीज हुनेछ । फिल्मको निर्माण पक्षले यसको पुष्टि गरेको छ । निर्माता नबीन यरनेनी तथा वाई रबि शंकरले फिल्मको कहानीलाई सही ढंगले देखाउनका लागि थप समय चाहिने र यो एक भागमा मात्र संभव नहुने बताएका छन् ।
टिजरमा देखिएको क्रेज र रेस्पोन्सलाई लिएर आफुहरु थप उत्साहित भएको उनीहरुको भनाई छ । पहिलो भाग अगष्टमा र दोस्रो भाग २०२२ मा रिलीज हुनेछ । पहिलो पार्टको ८० प्रतिशत शुटिङ सकिएको र दोस्रो पार्टको पनि १० प्रतिशत शुटिङ भईसकेको छ ।
दूई वटै फिल्मको बजेट २५० करोड भन्दा माथि रहेको छ । यसलाई तेलुगु बाहेक तमिल, हिन्दी , कन्नड र मलयालम भाषामा पनि रिलिज गरिने निर्माण पक्षले जानकारी दिएको छ ।