धितोपत्र बोर्डका अध्यक्ष ढुंगानालाई सोध्यो ,अर्थ मन्त्रालयले स्पष्टिकरण — OSNepal

धितोपत्र बोर्डका अध्यक्ष ढुंगानालाई सोध्यो ,अर्थ मन्त्रालयले स्पष्टिकरण

LC (KTM) July 29, 2021 0

काठमाडौँ १४ साउन । धितोपत्र बोर्डलाई अर्थ मन्त्रालयले स्पष्टिकरण सोधेको छ । इनसाइडर ट्रेडिङको आरोप लागेपछि धितोपत्र बोर्डलाई अर्थ मन्त्रालयले स्पष्टीकरण सोधेको हो ।

धितोपत्र बोडका अध्यक्ष भिष्मराज ढुगानाकी छोरीको नाममा सर्वोत्तम सिमेन्टकोसेयर रहेको फेला परेपछि मन्त्रालयले स्पष्टिकरण सोधेको हो । नेपालमै पहिलो पटक सर्वोत्तमले सर्वसाधारणका लागि बुक बिल्डिङमार्फत आईपीओ जारी गर्ने तयारी गरिरहेको बेला अध्यक्ष ढुंगानाकी छोरी रेबिका ढुंगानाको नाममा सर्वोत्तमको करीव १२ हजार कित्ता सेयर नामसारी भएको समाचार प्रकाशन भएपछि मन्त्रालयले तिन दिनको समय दिएर स्पष्टिकरण सोधेको हो ।

यस विषयमा सत्थ, तथ्य यथार्थता के हो, स्पष्ट र तथ्यपरक विवरण पेश गर्नुपर्ने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर