एमाले प्रवेश गरेका यी चार पुर्व माओवादी नेताहरुले दायर गरेको रिट न्यायाधिश कार्कीको इजलासमा — OSNepal

एमाले प्रवेश गरेका यी चार पुर्व माओवादी नेताहरुले दायर गरेको रिट न्यायाधिश कार्कीको इजलासमा

LC (KTM) July 29, 2021 0

काठमाडौँ १४ साउन । सांसद पद गुमाएको चार महिना पछि एमाले प्रवेश गरेका पुर्व माओवादीका चार नेताहरुले सर्वोच्चमा दायर गरेको रिटको सुनुवाई आज हुने भएको छ ।

तत्कालिन प्रधानमन्त्री केपी ओलीलाई साथ दिदाँ माओवादी केन्द्रको कारवाहीमा परी सांसद पद गुमाएका यी नेताहरुको आज रिट न्यायाधीश दीपककुमार कार्कीको इजलासले हेर्ने भएको छ । रिट दायर गर्नेमा टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी रहेका छन् ।

हिजो दायर गरेको रिटमा आफुहरु एमालेको नेता नभएको भन्दै अहिले नि आफुहरु माओवादीकै नेता भएको उल्लेख गरिएको थियो । ओलीको सरकार ढलेपछि यता न उताका भएका यी चार नेताहरु अहिले आफुहरु माओवादी केन्द्रकै नेताहरु भएको बताउँदै आएक छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर