गठवन्धन सरकारको नेतृत्व गरेका देउवा र प्रचण्डबिच बालुवाटारमा भेटवार्ता — OSNepal

गठवन्धन सरकारको नेतृत्व गरेका देउवा र प्रचण्डबिच बालुवाटारमा भेटवार्ता

LC (KTM) July 29, 2021 0

काठमाडौँ १४ साउन । प्रधानमन्त्री शेर बहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबिच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान ८ः४० देखि ०९ः३० बजेसम्म भेटवार्ता भएको हो । गठवन्धन सरकारको मन्त्रिमण्डल विस्तार गर्न हिजो बसेको मन्त्रिपरिषद्को बैठकले दलका शिर्ष नेताहरुलाई जिम्मेवारी दिएका थिए ।

आज भएको भेटमा मन्त्रिपरिषद विस्तारबारे छलफल भएको जनाइएको छ । गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका कांग्रेस सभापति शेरबहादुर देउवाले आज सम्म पनि मन्त्रिपरिषद विस्तार गर्न भने सकेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर