काठमाडौं जेठ २ । चीन सरकारले अनुदानमा दिएको १८ हजार थान अक्सिजन सिलिण्डर तातोपानी नाकामा आईपुगेको छ ।
उक्त तातोपानी नाकाआइपुगेको अक्सिजन सिलिण्डर काठमाडौँ ल्याउने तयारी भईरहेको बुझिएको छ ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का संयोजकसमेत रहेका उपप्रधानमन्त्री इश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले दिएको जानकारी अनुसार जतिसक्दो चाँडो काठमाडौं ल्याउने तयारी भइरहेको छ ।