सर्वोच्चकै परमादेशबाट सुविधा खाइरहेका सासंदहरुले सर्वोच्चको फैसलाप्रति विरोध गर्ने ? विडारी — OSNepal

सर्वोच्चकै परमादेशबाट सुविधा खाइरहेका सासंदहरुले सर्वोच्चको फैसलाप्रति विरोध गर्ने ? विडारी

LC (KTM) July 28, 2021 0

काठमाडौं साउन १३ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सर्वोच्च अदालतले गरेको संसद पुर्नस्थापनाको विषयमा लिएर गरेको विरोध प्रति सत्तारुढ दलका सांसदहरुले आपत्ती जनाएका छन् ।

सर्वोच्चकै परमादेशबाट सुविधा खाइरहेका सासंदहरुले नै विरोध गर्न नमिल्ने भन्दै नेकपा माओवादी केन्द्रका सांसद रामनारायण विडारीले आज भएको राष्ट्रियसभाको बैठकमा प्रश्न उठाएका हुन् ।

त्यस्तै , नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले पनि जनताको बहुदलीय जनबाद (जबज) विश्वका अन्य मुलुकका कम्युनिष्ट पार्टीले स्वीकार गरेको अवगत गराउँदै प्रतिपक्ष दल नेकपा एमालेले वर्तमान सरकार परमादेशबाट बनेको भन्न नमिल्ने बताएका छन् ।

राष्ट्रिय सभाको बैठकमा सांसद देवले विश्वको कुनै पनि कुनामा जनताको बहुदलीय जनबादलाई अस्विकार गर्न नसेको समेत प्रतिपक्षी एमालेको ध्यानाकर्षण गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर