संसदीय दलको नेताबाट पार्टी अध्यक्ष ओलीलाई हटाइँदै ! — OSNepal

संसदीय दलको नेताबाट पार्टी अध्यक्ष ओलीलाई हटाइँदै !

LC (KTM) July 28, 2021 0

काठमाडौँ १३ साउन । नेकपा एमालेबाट अध्यक्ष केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाइने भएको छ ।

आज बसेको वरिष्ठ नेता माधव नेपाल पक्षको बैठकले ओलीलाई संसदीय दलको नेताबाट हटाउने तयारी गरेको जनाएको हो । नेपाल सहित २२ जना सांसदहरुको आज बसेको बैठकले यस्तो जनाएको हो । संसदीय दलमा पनि बहुमत पुर्याउने बैठकमा सहभागी एक नेता बताए ।

सरकारमा जाने विषयमा आफुहरु एकमत भएको बताएका ती नेताले बहुमत पुर्याएर ओलीलाई संसदीय दलको नेताबाट हटाउने जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर