काठमाडौं १३ साउन । सबत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औँ महाधिवेशन तोकिएको समय मै हुने जिकिर गरेका छन् ।
प्रधानमन्त्री समेत रहेका देउवाले आज आफ्नो निजि निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी, पूर्वपदाधिकारी बैठकमा यस्तो दावी गरेका हुन् ।
भदौ १६ गते तोकिएको मिति एक सर्दैन, दुई सर्दैन, तीन सर्दैन, भन्दै १६ गतेको कार्यतालिका प्रभावित नहुने गरी कार्यलातिका ल्याउन देउवाले निर्देशन दिएको बुझिएको छ ।
महाधिवेशनको मिति नजिकिँदै गर्दा कांग्रेस भित्रै महाधिवशेन नहुने होकि भनेर शंका उब्जिएपछि आज देउवाले यस्तो दावी गरेका हुन् ।