काठमाडौं उपत्यकामा फेरी बज्न थाल्यो खतराको घण्टी ! — OSNepal

काठमाडौं उपत्यकामा फेरी बज्न थाल्यो खतराको घण्टी !

LC (KTM) July 28, 2021 0

काठमाडौं- बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ८५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा ९४, ललितपुरमा २०६ र काठमाडौंमा ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ८८६ पीसीआर परीक्षण गर्दा २,६३४ र ४,९२२ एन्टिजेन परीक्षणमा १,२०६ जना गरी ३,८४० जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा १९९३ जना डिस्चार्ज भएका छन् ।

बितेको २४ घण्टामा ३३ जनाको मृत्यु भएको छ देशभर सक्रिय संक्रमितको संख्या २९ हजार ४४४ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।केही दिनयताको तथ्यांक हेर्दा कोरोना संक्रमितबाट मृत्यु हुनेको संख्या पनि बढेको देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर